Gold Award Winner
देश निर्माणका अक्षरहरूको कोरिए धेरै पानामा,
तर समृद्धिको एउटा अध्ययन अझै कोरिन बाँकी छ।
देशमा शान्तिको दियो त बल्यो,
तर मेरो देश निर्माणको यात्रा अझै अधुरो छ।
सगरमाथाको देशमा विकासको नयाँ रङ्गहरू त भरिँदै छन्,
तर गरिबी र अभावका रेखाहरू अझै मेटिन बाँकी नै छन्।
बेरोजगारीको कारण सबै नेपालीहरू छरिँदै छन्।
आफ्नो देश छोडेर विदेशिन त कसलाई मन छ र?
घरमा बालबच्चा परिवार छोडेर विदेशिन कसको मन मान्छ र?
आफ्नो जन्मभूमि छोडी अर्काको देश जान कसलाई मनपर्छ र?
विदेशीहरू नेपाल घुम्न आउँछन्,
नेपालीहरू विदेश आफ्नो भविष्य कमाउनको लागि जान्छन्।
देशमा नेपालीहरू नपाउँदा देश शून्य पाउँछन्।
आफ्नो देशको लागि सहिद भई,
रगतको धारा बगाई बलिदान दिएर,
देशले अर्को रूप के फेर्यो र खोई?
कति आमाको कोख रितियो,
कति महिलाको सिउँदो उजाडियो,
कति बालबच्चाको अभिभावक छिनियो,
न त चिनिएका आफन्तहरू फिर्ता आए,
न त उनीहरूले दिएको बलिदानले न्याय पायो।
नेपाललाई प्राकृतिक सौन्दर्यको दृष्टिकोणले सम्पन्न मानिन्छ।
हामी त्यो समयको पर्खाइमा छौ महोदय।
जहाँ नेपाललाई पनि देश विकास र रोजगारीको,
देशमध्ये एक देश मानियोस्।
थाकिएको खुट्टा छ तर यात्रा अझै सकिएको छैन ।
धमिलो छ दृष्टि तर आँखाले आस छोडेको छैन ।
यो अधुरो यात्रा बोकेर कता पुगिने हो कुन्नी?
तर जबसम्म यो ज्यानमा सास छ,
यो यात्रा पूरा नभएसम्म कहिल्यै सकिने छैन ।।
– Yunisha Tamang (PUBOSS)

युनिसा नानु,
देशभक्ति तथा अहिले हामी जनताहरूको भोगाइ, देखाई लागि राम्रोसँग देखाएकी छ्यौ। गरिबी, बेरोजगारी, विदेशिनुको पीडा, आन्दोलन पछिको पुरानै हविगत देखाएकी छ्यौ।
अझ प्रगति गर्दै जानु ।