छोटो कथा पानीपुरी र चटपटे
-सुएलिन सुनुवार
एकादेशमा एउटा सहर थियो। त्यो सहरमा सोफिया र उनको बहिनी सोनम बस्थे। उनीहरूसँगै विद्यालय जाने र आउने गर्थे । एक दिन उनीहरू स्कुलबाट फर्किँदै गर्दाखेरि एउटा चटपटे पसल देखे। चटपटे पसलबाट यसरी अलिकति अगाडि जान साथै उनीहरूलाई यसरी मिठो बास्ना आयो त्यही मिठो बास्ना पछाउँदै सोनम भित्र छिर्यो। सोफियाले चटपटे पसलभित्रको वातावरण हेर्यो। त्यहाँको वातावरण अलिकति फोहोर थियो तर उनीहरूलाई सारो भोक लागेको थियो। भोक लागेको भएको हुनाले उनीहरुले वरपर सफा वा फोहोर भएको हेरेनन् सोफिया र सोनमलाई आमाले खाजा खानको लागि २०० रुपैयाँ दिनुभएको थियो। उनीहरू पसलमा गएर पानीपुरी र चटपटेको कति हो भनेर सोधे चटपटे पसलको दाइले पानीपुरी प्लेटको ५० र चटपटे प्लेटको ५० हो भन्नुभयो। उनीहरूले पहिला एक/ एक प्लेट मगाए चटपटे र पानीपुरी खाए । खाँदा खाँदा उनीहरुलाई सारो मिठो लाग्यो र फेरि अर्को दुई प्लेट थपेर खाएर । उनीहरू अगाए र चटपटे पसलको दाइलाई पैसा तिरेर उनीहरू घरतिर लागे। बाटोमा घर जाँदाजाँदै उनीहरु कुरा गर्दै गए। सोनमले सोफियालाई भन्यो कति मिठो के दिदी चटपटे हामी भोलि पनि खानुपर्छ ल । सोफियाले हुन्छ भनेर टाउको हल्लाइन ।
उनीहरूको आमाले चटपटे पानीपुरी र बाहिरका खानेकुराहरु खान दिनुहुन्नथ्यो। उनीहरूलाई आमाले कराउनुहुन्छ भनेर दुवै जनाले पानीपुरी चटपटे खाको नभन्ने भनेका थिए । उनीहरू घर पुगे दुवैजना चुपचाप लागेर आफ्नो दैनिक गर्नुपर्ने कार्यहरू गरे। राति खाना खाने बेला सोफियालाई अलिक पेटमा गडबड भाको जस्तो लाग्यो तर सोनम लाई चाहिँ केही भाको थिएन । भोलि बिहान सोफिया हतार हतार उठेर शौचालय गयो । सोनम पनि हत्त नपत्त छिटो गर्नु दिदी म पनि शौचालय जाने भनेर बाहिरबाट ढोका ढकढक गरेर करायो। यस्तो हल्ला सुनेर आमा पनि उठ्नुभयो अनि उनीहरुलाई भन्नुभयो तिमीहरु बिहान बिहान के सारो हल्ला गरेको ? के भयो ?
सोनमले भन्यो “मलाई सारो शौचालय जान मन लागेको छ गाह्रो भएको छ दिदी अघिदेखि जानुभएको अहिलेसम्म निस्किनु नै हुन्न । ” अनि आमाले भन्नुभयो “निस्किहाल्छ नि किन हतार गरेको” अनि आमा भित्र फेरि किचनतिर जानुभयो। सोफिया र सोनम घरिघरि शौचालय गएको देखेर आमाले सोध्नुभयो “तिमीहरूलाई भाको चाहिँ के छ विद्यालय जाने बेला भइसक्यो। अहिलेसम्म तिमीहरु तयार भएको छैनौ?” आमाले यसो भन्दै माथि कोठामा आएर हेर्नुभयो। सोफिया र सोनम निथल भएर बिस्तारामा सुतिराको देख्नुभयो र सोध्नुभयो किन तिमीहरु यस्तरी सुतिराको के भयो ? सोफिया र सोनम दुवैजनाले भने “आमा हामीलाई सारो पेट दुखिरहेको छ झाडापखाला नि भइरहेको छ। हामी आज विद्यालय जान सक्दैनौ।“
आमाले उनीहरूलाई तयार हुनु र मेडिकल जम भन्नुभयो। उनीहरू तयार भए र मेडिकलतिर लागे। उनीहरू मेडिकल पुगेपछि मेडिकलको काकाले सोध्नुभयो “तिमीहरुले हिजो के खाको थियो?” भन्ने कि नभन्ने गरी अप्ठ्यारो मानी मानी सोनमले भन्यो हामीले हिजो पानीपुरी र चटपटे खाएका थियौ। अनि त्यहाँको वातावरण तिमीहरुले हेरेको थियो ? कस्तो थियो त्यहाँको वातावरण? सोफियाले डराई डराई भन्यो त्यहाँको वातावरण राम्रो थिएन। झिङ्गाहरू भन्किरहेको थियो, अलि फोहोर थियो । अनि मेडिकलको काकाले भन्नुभयो तिमीहरुले फोहोर वातावरणमा भएको फोहोर खाने कुराहरू खाएछौ। त्यसले गर्दाखेरि तिनीहरुलाई झाडापखाला लागेको रहेछ त्यसको लागि म तिमीहरुलाई औषधि दिन्छु र अबदेखि खानेकुराहरू सफा वातावरणमा भएको र स्वास्थ्य खाने कुराहरू खाउ।
आमाले औषधिको लागि पैसा तिर्नुभयो र उनीहरू घर फर्के। सोनमलाई फेरि गाह्रो भएको हुनाले ऊ शौचालयतिर दौड्यो । उनीहरू दैनिक औषधि र स्वस्थकर खाने कुराहरू खाएर निको भए । केही दिनपछि उनीहरू विद्यालय जानलाई सन्चो भए । विद्यालय जानुभन्दा अगाडि आमाले उनीहरूलाई भन्नुभयो “अबदेखि बाहिरको कुरा खाने होइन बरु के खान मन लागेको छ म घरमा नै बनाइदिन्छु बाहिरको खानेकुरा खाएर बिरामी हुनुभन्दा घरमा नै बनाएको स्वच्छ खानेकुरा खाने बानी गरौं है।” उनीहरू खुसी भएर “हुन्छ” भनी विद्यालयतिर लागे।
यो कथाको सन्देश हामीले फोहोर र झिङ्गा भन्केको खाने कुराहरु खानु हुँदैन ।

Wow nice