मेरो प्रियजनहरूलाई मौन बिदाई

मेरो प्रियजनहरूलाई मौन बिदाई

मेरो प्रियजनहरूलाई मौन बिदाई

मलाई माफ गर, आमा
तिमीले कल्पना गरेको छोरी बन्न सकिनँ।
मैले सक्दो प्रयास गरेँ,
आफ्नो सम्पूर्ण शक्ति दिएँ,
तर अन्धकार अझै पनि मेरो भित्रै रहिरह्यो।

मैले मेरो सक्दो सबै दिएँ,
तर जीवनको परीक्षा पास गर्न सकिनँ।
जीवनको परीक्षामा
एउटा लडाइँ हारेँ तर पनि मैले जिउने प्रयास गरेँ,
अब म भित्रैबाट पुरै खाली छु,
मेरो शरीर बाँचेको छ, तर आत्मा बाँच्न सकेको छैन ।

साहसी देखिने अभिनयबाट थकित भइसकेको छु,
जब माया गर्नेहरूले मलाई गलत साबित गरिरहे ।
मेरो दुःखको बेला बोल्न खोजेँ,
तर कसैले सुनेन, मेरो बोली सबै व्यर्थ भयो ।

भित्रै लुकाएको पीडा —
एक गोप्य कुरा, जुन कहिल्यै भन्न सकिनँ ।
अनुहारमा देखिएको पीडा मुस्कानले लुकाएँ,
एक नाजुक मुखौटा, जसलाई कसैले हटाउन सकेन।

मुस्कानसँगै आँसु थिए,
भित्रै एक दुःखको आँधी थियो।
अब म यो बोझ सहन नसक्ने भए ,
पीडा यति गह्रौं छ, बाँड्न पनि नसक्ने भए ।

माफ गर, आमा, मैले दिन सकिनँ,
त्यो खुसी जीवन, जसको तिमीले सपना देख्यौ ।
मेरो माया कहिल्यै तिमीबाट छुट्टिने छैन ,
सधैं मेरो हृदयमा बाँधिएर रहनेछ।

अनि मेरो प्रेमी तिमीलाई, मेरो अन्तिम शब्द,
आँसु झरुन्, तर म झूट बोल्दिनँ।
म तिमीले खोजेको व्यक्ति बन्न सकिन,
तिमीले चाहेका कुरा सबै पुरा होस्।

मैले दिन सक्ने सबै माया दिएँ,
आफ्नो नजरमा म तल झरे तर पनि बाँच्ने प्रयास गरिरहे ।
माफ गर मलाई, हो! म निराश भएँ,
तर यति बुझकी, मेरो माया अटुट छ ।

म आफ्ना प्रियहरूलाई एक्लै छोड्दैछु,
तर म पनि सधैं एक्लो नै त थिएँ।
अब ममा लड्ने शक्ति छैन, यो अन्तहीन युद्धसँग,
सबैमाथि मैले ल्याएको पीडाको लागि माफ गर्नुस् ।

मलाई प्रेममा सम्झनुहोस्, शोकमा होइन ।
किनकि सबै छोडेर जाँदा पनि, म खुसी हुन चाहन्छु ।
अब म जान्छु… मेरो अन्त नजिक छ ।
बिदाइ, बिदाइ, बिदाइ ।

-Sharon Chamling Rai

One thought on “मेरो प्रियजनहरूलाई मौन बिदाई

  1. हो यो जिन्दगीको यतार्थ यही हो
    न चाहेर हास्न सकिन्छ न चाहेर रुन ।
    आफ्नो लागि बाँच्नु त कता हो कता
    अरूको लागि पो बाँच्नु परेको छ ।।

    आफ्ना भित्री इच्छा त कति मरे मरे
    के नै हिसाब छ र ?
    अरूको खुसीको लागि आफ्नो खुसीको बलिदानको के नै कुरा भो र?
    यहाँ आफ्नो मनले त आफ्नो कुरा सुन्दैन अरूको के कुरा भो र?
    अभिनयको संसारमा बाँच्नु पर्दा आफ्नो पहिचान त के नै भो र ?

Leave a Reply to सुदीप कुमार श्रेष्ठ Cancel reply

Your email address will not be published. Required fields are marked *