अनाथ

Kudo choice Award 

किन जन्म मात्र दियो आमा

तिमीले कर्म किन दिएनौ

त्यति नै बोझ लाग्थ्यो भने,

पेटमै हुँदा मलाई किन मारेनौ

 

आज सडकमै हिँड्छु म।

अनि सडकमै सुत्छु पनि,

खोजिरहन्छु म जहिले बाबाको साथ,

अनि आमाको काख सिरानी।

 

भोकले म कराउँछु।

तिर्खा लाग्दा रुन्छु।

वरिपरि धेरै मान्छेहरू भए तापनि,

तपाईँहरू बिना म सधैं एक्लो हुन्छु।

 

बनाउन त मन थियो आमा,

तिम्रो काखलाई सिरानी।

हेर्ने पनि कोही छैनन्,

हुँदा म कहिले  बिरामी।

 

न त बाबाको हात सिरमा छ

न त आमालाई माया नै मनमा छ

खोज्छु कोहोलन मेरो आमा बाबा

भनेर मेरो हरेक एक धड्कनमा।

 

खुसी हुन्थे होला सायद,

म पनि तपाईँहरू भएको भए।

हे भगवान मेरो आमा बाबाले,

मलाई एक्लै छोडेर खोई कहाँ गए होला नि?

 

अब त सडकबाट उठेर,

आफ्नो लागि आफै कमाउनु छ।

धेरै पैसा कमाएर दुनियाको,

सबै खुसी किनी एक्लै रमाउनु छ।

 

अब त विश्वास कसैको पनि गर्न सकिन्न होला।

जन्म दिने आमाले नै छोडेर गएपछि।

जति नै गाह्रो परे पनि बाँच्न सकिन्छ होला।

यदि आमा र बाबाको हात सिरमा भएपछि।।

 Bhumika Puri (PUBOSS)

One thought on “अनाथ

  1. भूमिका नानु,

    यसरी नै लेख्दै जानु , पीडालाई भित्र पसेर बाहिर निकालेको सारै राम्रो लाग्यो । एउटा दुःखको हन्डर खाएको मान्छेको पीडा अनि इच्छालाई देखाएकोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *