त्यो दिन

Platinum Award Winner

त्यो दिन म लडेको,

दिन मेरो सपनाहरू भत्किएको दिन हेर्नेहरू हेरिरहे।

हाँस्नेहरू हाँसिरहे,

म एक्लो थिए।

हराउँदै थिएँ सुन्यतामा,

औंशीको रातमा जुनको प्रकाश हराए जस्तै

 

जब भेटे अन्धकारमा,

आफूले आफैलाई,

म खाली थिएँ।

जमिन पीडाको आँसुले ढाकेको थियो।

आकाश डरको बादलले

तर कसैले बुझ्न खोजेनन् पीडाहरू,

सोध्न चाहेनन् प्रश्नहरू,

म हराइरहे शून्यतामा।

 

यो मेरो अधोगतिका दिन,

अचानक आएको थिएन।

सुन्दर भ्रमको संसार,

अनि आशाको पहाड ढलेपछि आएको हो।

आशाको पहाड सँगसँगै,

म ढले पनि आत्मा ढलेको छैन।

अन्धकारले सहन सिकायो,

हावाहरूले परिस्थितिसँगै बहन सिकायो।

मेरो संसारलाई छेकेर उभिने,

पहाडले उठ्न सिकायो

रुखको हाँगामा पलाउँदै गरेको पालुवाले,

छरिएका हिम्मतलाई जुट्न सिकायो।

सिकाउनेहरूले सिकाउँदै गए,

म सिकिरहेँ।

नसिकाउनेहरूले सिकाएनन्,

तर म सिकिरहे।

 

आज म उठेकी छु

उठ्नुको घमण्ड छैन।

म शान्त छु। सागर जस्तै,

बिस्तारै पाइला चाल्दैछु।

बेलाबेला लड्खडाउन खोज्छन्,

मेरा पाइलाहरू तर त्यो,

मेरो कमजोरी नठानियोस्।

हेक्का रहोस्,

शान्त सागरमा कसरी सुनामी आउँछ भनेर।।

Prinsha Napit (PUBOSS)

One thought on “त्यो दिन

  1. प्रिन्सा नापित,

    धेरै धेरै बधाई तथा शुभकामना। यसरी नै भावना पोख्दै समेट्दै लेख्दै जानु । तिम्रा शब्दहरूमा भएका ती भाव राम्रा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *