घरको नाममा एउटा छानो पाए
आँखामा आँसु मुटुमा भक्कानो पाए ।
दुःखसंगै पछ्याई राखेको छ इर्श्या र त्रासले
आफ्नो भनाउदोमा पनि सानो मुटु पाए ।।
दुनियालाई स्वर्ग भन्नु भने कसरी पो भन्नु
आफु बसेको ठाउँ नै बिरानो पाए ।।।
नलेखेका कथा सबै आज भोलि लेखौँ लेखौँजस्तो लाग्छ
मनका मिहिन ब्यथाहरु भाव भरी पोखौ पोखौ जस्तो लाग्छ ।
लेखौँ भन्दा नी कथा बनी दिन्छ नलेखे पनि
कहाँ गई पोखौं त्यसै मनका व्यथा नदेखिने गरी ।।
मनको इच्छा मनै भित्र बसी दिने पनि हुन्छ
पिर भन्नु आगै त हो सल्की दिने पनि हुन्छ।।।
