निष्ठुरी प्रेमिका

पहाडको डाँडाकाँडा अनि रमझमलाई छाडेर
काठमाडौंको समथर भू-भागमा पुगेछु !
यसै समथर मैदानमा आएर
पहाडको चुचुरो खोज्न पुगेछु !!
शिशिरको पतझर मौसममा आएर
वसन्त को हरियाली खोज्न पुगेछु !!

छायाँ रहेछ माया रुपी अस्तित्व
व्यर्थमा प्रेम गर्न पुगेछु !!
निष्ठुरी प्रेमिकाको मुखबाट प्रेम नगरे
आत्महत्या गर्ने कसम सुन्न पुगेछ !!

मेरी मायालुको म बिना बाच्न नसकनै
प्रतिज्ञा पत्र पढ्न पुगेछु
त्यस्तै पत्र अरुलाई पनि
दिएको सुन्न र देख्न पुगेछु!!
धोकेबाज मायालुबाट धन्न आएर समयमै बच्न पुगेछु । !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *