नचाहेर हास्न सक्छु, न चाहेर सक्छु रुन
न चाहेर शान्त रहन सक्छु, न चाहेर सक्छु चिच्याउन ।
न चाहेर माया गर्न सक्छु, न चाहेर सक्छु घृणा गर्न
न चाहेर नजिक हुन सके, न चाहेर सके हुन टाढा ।
दुःख पनि कति पछि लागेको हो छोड्ने नामै लिदैन ।
हासो पनि कति पर भागेको हो मुहारमा आउनै मान्दैन ।
भक्कानो पनि कति भित्र दबेको हो मन खोलेर रुनै दिँदैन ।
ऐनाले समेत मलाई धीकार्छ, यही हो तेरो जीन्दगी भनेर ।
आँखाले समेत मलाई भन्छ, अझै त कति गीर्छस् भनेर ।
आँसुले समेत मलाई भन्छ, अझै कति आँसु झार्छस् भनेर ।
मुटुले समेत मलाई भन्छ, अझै कति भक्कानो दबाउँछस् भनेर ।
अन्तिम दुई शब्द तिमीलाई, केही गरी भेटियो मेरो लाश भने नपोल्नु हैं दाउराको भकारीमा
हेर्न सक्दीन आत्मा भइ मेरो निर्जीव शरीरलाई कुटी कुटी पोलेको म।
बस जाकिदेऊ लगाएको लुगा सहित पशुपतिको त्यो मेसिनमा
छोरा मन छ भने सक्काई दिनु १३ दिनमै सबै कार्य बसेको क्रियामा ।।
भुलेर पनि नगर्नु त्यसपछि कुनै पनि मलाई तार्ने काम
बस् घुमिरहनू छ आत्मा भइ पश्चाताप गर्दै बिलौनमा ।
बाचा भो फर्केर हेर्ने अनि गर्ने छैन कुनै माग तिम्रो सपनीमा
अन्तिम दुई शब्द सृष्टिकर्तालाई, माग्ने छैन ब्रम्हाजीसँग फेरि मानव बन्ने चाहना अर्को जुनीमा ।।

Keep it up