मेरो यो जीन्दगी
बाहिरबाट हेर्दा वाह वाह छ, भित्र सहनै नसक्ने पीडा छ ।
बाहिरकाले देख्छन् जीन्दगी मस्त छ, भित्र पुरै ध्वस्त छ।
आफन्त भनाउदाले काम पर्दा मात्र उसको मान्छे देख्छ ।
साथी भनाउदाले काम लिन मात्र मेरो साथी मेरो साथी भन्छ ।
हाकिमले काम लिन मात्र तिमी राम्रो तिमी राम्रो भन्छ ।
परिवारको त के कुरा गर्नु हजुर पाइला पाइलामा तर्सनु पर्छ ।
आफन्तले हेर्छ कसरी मलाई प्रयोग मात्र गरु भनेर ।
साथीले हेर्छ कसरी मलाई तल मात्र झारु भनेर ।
हाकिमले हेर्छ कसरी मलाई तलब कम दिउँ भनेर ।
परिवारले हेर्छ कसरी मलाई तनाव दिउँ भनेर ।
काम लिने आफन्तले लिए पछि धन्यवाद दिँदैन ।
पैसा सापटी लिनेले लिए पछि लाजै पचाएर फिर्ता गर्दैन ।
साथीले काम लिए पछि पर्दा सहयोग मरे गर्दैन ।
हाकिमले काम लिए पछि तलब नकाट्ने कुरा गर्दैन ।
लाज पनि कति लागेको हो कुन्नि आफ्नै पैसा माग्न सक्दीन ।
भगवान अब त साह्रै गलिसके, सक्छौ मलाई लिएर जाऊ ।
मेरो सानो खुसी देखेर जल्ने साथी, सक्छौ मलाई साथ देऊ ।
जति गर्दा नी मेरो काम नदेख्ने हाकिम, सक्छौ पूरा तलब देऊ ।
बस् मेरो कर्म दया गर, कति सक्छौ बोकाउन दुःखको भकारी
भनिदेऊ कहिले आउँछ सुखको त्यो मेरो जीवनमा चिंगारी ।

Really It Touch my heart 💕❤️💕❤️💕