के गर्छौ तिमी ?
रावणको लंकामा सुन भएर पनि कान सबैको बुच्चो नै छ
दुई चार महल जगमगाएर के गर्छौ तिमी ?
तिम्रा आफ्नै ती ओत नै उजाड छ।।
परिवर बिदेशमा छ भनेर के गर्छौ तिमी ?
जब बिरामी परेर थलिदा छिमेकीको भरमा बस्न पर्छ तिमी।।
चाडपर्व आएर के गर्छौ तिमी ?
तिम्रा ती आँगन सधै अन्धकार नै छ।।।
सानो पैँचो फिर्ता गर्न त अत्यास छ तिमीलाई
तर सम्पतिको शान किन ?
मरिलानु के नै छ र यहाँ
एक दिन सबै माटोमा मिली जानु छ जहाँ
के गर्छौ तिमी ? सम्पतिको शान किन ?
के गर्छौ तिमी?
